महिला प्रहरी जवानमाथि इन्स्पेक्टरले यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी
महिला प्रहरीलाई आफ्नै इन्चार्ज प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेको खुलाशा
वि.सं.२०७८ फागुन १८ बुधवार १६:०२
2.41K
shares

काठमाडाैं । जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई आफ्नै इन्चार्ज प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेको खुलेको छ ।
इप्रका महेन्द्र नगरका इन्चार्ज इन्स्पेक्टर बेचन यादवले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन भएको बताइएको छ ।
यादवले सार्वजनिक स्थलमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् ।
ड्युटीको क्रममा पटक पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका प्रहरी निरीक्षक यादवले परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।
वि.सं.२०७८ फागुन १८ बुधवार १६:०२

















