skip this

पुरानाे निजगढ खेल मैदानमा बेहाेस भएर ढलेका निजगढ फुटबल क्लबका अध्यक्ष थापाकाे निधन

2.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-निजगढ फुटबल क्लब (एनएफसी) का अध्यक्ष तथा भेट्रान्स खेलाडी शम्भु थापा मगरको निधन भएको छ ।

निजगढ–४ स्थित पुरानो निजगढ खेल मैदानमा भइरहेको स्कुलस्तरीय फुटबल प्रतियोगिताको निरीक्षण गर्ने क्रममा शनिबार उनी अचानक ढलेका थिए ।

उनी दिउँसो करिब २ बजे मैदानमै बेहोस भएपछि तत्काल निजगढस्थित सिटी अस्पताल लगिएको थियो ।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएको थियो । तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए ।

निजगढ फुटबलको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएका थापा मगरको आकस्मिक निधनले स्थानीय खेल क्षेत्र शोकमा डुबेको छ ।

उनको निधनप्रति खेलप्रेमी, क्लबका सदस्य तथा स्थानीय बासिन्दाले गहिरो दुःख व्यक्त गरेका छन् । निजगढ-९ स्थित घरमा अहिले शुभचिन्तकहरुकाे भिड लागेकाे छ ।

nijgadh-supermart-adz1200-630