निजगढ–५ जन्मभूमी चोकमा शुक्रबारदेखि गुम्बा मेला लाग्ने ! १६ गते शिव परियार आउने

स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–५ जन्मभूमी चोकमा शुक्रबारदेखि गुम्बा मेला लाग्ने भएको छ ।

पाल्देन दोयाङ गुम्बा मेला समितिको आयोजनामा यहि मंसिर १५ गते देखि १७ गते सम्म बहु सास्कृतिक गुम्बा मेला २०८० हुने लागेको हो ।

मेलाको शुक्रबार साँझ ७ बजे उद्घाटन गर्ने तयारी रहेको छ । मेलालाई अर्ना बियरले मुख्य प्रायोजन गरेको छ । मेलाको सहआयोजकमा न्यू जन जागृती युवा क्लब र निजगढ सिटी क्लब रहेको छ । मेलाको मिडिया पार्टनरमा फरक नेपाल डट कम समेत रहेको छ ।

शिव परियार आउने

मेलामा सांगेतिक प्रस्तुतीका लागि राष्ट्रिय स्तरका कलाकरहरु आउने भएका छन् ।

मेलाले दर्शकको माग अनुसार चर्चित कलाकारहरु शिव परियार, कल्याण आले, बद्री राउत, नवराज राउत, प्रमिला आले, एलिसा डान्स ग्रुपले मनोरंजन प्रदान गर्ने आयोजकले जनाएको छ । चर्चित गायक शिव परियार मंसिर १६ गते आउने भएका छन् ।

आकर्षणत मनोरन्जनात्मक गायन कलाले उपस्थित भीडलाई भरपुर मनोरञ्जन दिनेछ भने बालबालिकाहरुको लागि पनि छुट्टै बाल खेल सामग्री, रोटे पिङ्ग, खोडकोडे, तिर लगायत खेलहरु रहने आयोजकले जनाएको छ ।

स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने

मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने भएको छ । स्थानीय पहिचान देखाउन सजिलो हुने र आर्थिक तवरले पनि अवलोकनकर्तालाई स्थानीय उत्पादित बस्तुहरुको ब्यापारमा पनि विशेष छुटमा सामानहरु विक्रि वितरण हुने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

मेलामा सस्तोमा सामान, स्थानीयका हातहरुले बनेका स्वादिला परिकारका स्टलहरु रहने भएको छ ।

पर्यटन प्रवद्र्धन हुने

मेलाले पुर्वटोल निजगढको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले मजबुत बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने मेला मुल आयोजक समितिका अध्यक्ष बिजय तिमल्सिना बताउँछन् ।

मेलामा धार्मिक, पर्यटकीय स्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको भेषभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला, लघु उद्यमका उत्पादनका सामाग्री तथा विभिन्न सास्कृतिक प्रस्तुति देखाईने भएको छ ।

बहु सास्कृतिक मेला अवलोकन गरि आन्तरिक तथा बाह्य पर्यटन र धार्मिक सास्कृतिक पर्यटनलाइ अगाडि बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

nijgadh-supermart-adz1200-630