शोभाका दुई मुक्तक
वि.सं.२०७९ जेठ ७ शनिवार २१:०३
3.09K
shares

(१)
नयाँ बस्ती रहन सहन कस्ले के पो जान्ने हो र ?
गन्तब्यमा पुग्न नपाइ खुट्टा किन तान्ने हो र ?
कान समाउन छोडी छोडी कागको पछि नदुगुरौँ
आफ्नै मान्छे हुन सक्छ ढुङ्गा किन हान्ने हो र
(२)
जहाँ जित छ त्यहाँ पक्कै कसैको हार छ
दुइ दिनको जिन्दगानी तेरो मेरो बेकार छ
झुटको खेती जताततै सत्य कतै छदै छैन
नपरौं भरोषा कसैको यहाँ नाटकी संसार छ ।।
–माथागढी–२ पाल्पा
वि.सं.२०७९ जेठ ७ शनिवार २१:०३
















