केक काटेर मनाईयो नेराआवि लालको ३६ औं जन्मजन्ती, न्यानो कपडा र डिस्पेन्सर सहयोग
वि.सं.२०८२ पुस २९ मंगलवार २३:०८

बारा–निजगढ नगरपालिका–१०, लालस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले आफ्नो ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह केक काटेर उद्घाटन गरिएको छ ।
विद्यालय परिषरमा आयोजित अभिभावक दिवस समारोहको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले केके काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मेयर सुरथ पुरी, पूर्व उपमेयर लिलादेवी लामिछाने खनाल, वडा नं. १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, वडा सदस्य एवं व्यवस्थापन समिति सदस्य मेघराज वाईवा, वडा सदस्य एवं पूर्व व्यवस्थापन समिति अध्यक्ष कुमार मोक्तान, पूर्व व्यवस्थापन समिति अध्यक्ष बेनीबहादुर मोक्तान, निजगढ महिला विकास संस्थाकी अध्यक्ष इन्दिरा बराल, सचिव अन्जु नेपाली, साथी सहकार्य यूवा क्लबका अध्यक्ष विपुल योञ्जनले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

व्यवस्थापन समितिका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धार्थ लोप्चनको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत शिक्षिका डोल्मा घिसिङ्ग, सञ्चालन लक्ष्मीमाया लामाले गरेकी थिईन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामपुकार प्रसादले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अवसरमा विद्यालयले पाँच जना सक्रिय अभिभावकलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा लुकुमाया देवकोटा, नौलीमाया बोम्जन, लासाङ मोक्तान, सुकुमाया योञ्जन र लालमाया जिम्बा रहेका छन् ।

त्यसैगरि कार्यक्रममा कदरपत्रसहित विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा विद्यालयका प्रधानाध्यापक रामपुकार प्रसाद, शिक्षिका डोल्मा घिसिङ, लक्ष्मीमाया लामा, सनिता लामा, इसारा मोक्तान, राममाया मोक्तान, सिमा लामा, पुनम कुमारी साह, समिरा लामा र कार्यालय सहयोगी धर्मराज घलान रहेका छन् ।

कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मनमाया मगर, वडा सदस्य रेनु परियार, पूर्व वडा सदस्य जमानसिंह घलान, मखनी कामी, नेपाली कांग्रेस १० नं. वडा सभापति हिराबहादुर मोक्तान, योङ्ग स्टार क्लबका अध्यक्ष आशिक योञ्जन, शिक्षक–अभिभावक संघका अध्यक्ष दिर्गबहादुर लोप्चन, सदस्य सुशिला थिङ्ग, लाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवलाल वाईवा, व्यवस्थापन समितिका सदस्य एलिशा गोले, देवेन्द्र थिङ, प्रमिला भ्लोन, मिठु विक, संस्थापक अध्यक्ष ठुलोकान्छा घिसिङको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा संरक्षण नेपालका शिक्षा संयोजक मल्लिक खनाल, समाजसेवी अवतार सिं थिङ, सूर्य घिसिङ, बालकृष्ण श्रेष्ठ, आशाराम भ्लोन लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीलाई न्यानो कपडा सहयोग
कार्यक्रमको अवसरमा नेपाल महिला विकास संस्था निजगढले ३२ थान न्यानो कपडा सहयोग गरेको छ ।
नेपाल महिला विकास संस्थाको संस्थापक अध्यक्ष स्वर्गीय नेत्र कुमारी पौडेलको स्मृतिमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

निजगढ महिला विकास संस्थाकी अध्यक्ष ईन्दिरा बराल, सल्लाहकार लिलादेवी लामिछाने, दुर्गा कोईराला, सिता रिसाल लगायतले न्यानो कपडा वितरण गरेका हुन् ।
डिस्पेन्सर सहयोग
त्यसैगरि कार्यक्रममा साथी सहकार्य यूवा क्लबले जारसहितको पानीको डिस्पेन्सर सहयोग गरेको छ ।
क्लबका अध्यक्ष विपुल योञ्जनले व्यवस्थापन समितिका अध्यक्ष सिद्धार्थ लोप्चनलाई डिस्पेन्सर र जार हस्तान्तरण गरेका हुन् ।

यसैविच सहयोगी संस्थालाई विद्यालयले कदरपत्रसहित सम्मान गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा देखाएका थिए ।

वि.सं.२०८२ पुस २९ मंगलवार २३:०८

















