skip this

श्री विशाल बद्रीनाथ मन्दिर निजगढमा सञ्चालित एक महिने धनुर्मास गोदाम्बा कथा प्रवचन कार्यक्रम समापन

1.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–४ पुरानोटोलस्थित श्री विशाल बद्रीनाथ मन्दिरमा सञ्चालित एक महिने धनुर्मास गोदाम्बा कथा प्रवचन कार्यक्रम समापन भएको छ ।

पौष १ गतेदेखिबाट सुरु भएको धनुरमासमा गोदाम्बा कथा प्रवचन कार्यक्रम अन्तर्गत प्रत्येक दिन कथा बाचनका साथै प्रसाद वितरण गरिएको थियो भने हरेक साँझ भजन किर्तन समेत भएको थियो ।

सत्ताइसौँ दिनमा जगत जननी महालक्ष्मी गोदाम्बा र श्री रङ्गनाथ भगवानको बीच शुभ विवाह भएको दिनको अवसरमा कल्याण उत्सव (विवाह उत्सव) गरिएको थियो ।

साथै श्री विशाल बद्रीनाथ मन्दिरका महन्त सुदर्शन रामानुजदासले गोदा रङ्गनाथ भगवानको पूजा अर्चना र आरती समेत गरेका छन् । उनले २६ दिनसम्म कथा बाचन समेत गरेका थिए ।

२७ औं दिन स्वामीजी श्री श्री १०८ राम प्रपन्नचार्यले धनुरमासमा गोदाम्बा कथा प्रवचन गरेका थिए ।

कार्यक्रममा बाल कलाकारहरु भजन कृतन समेत गरेका थिए । गायनमा सक्षम कार्की, मादलमा मन्दिप अधिकारी, अमिर सापकोटा र युजन बुढाथोकीले प्रस्तुति दिएका हुन् । बाल कलाकारलाई कथा बाचक स्वामीजी श्री श्री १०८ राम प्रपन्नचार्यको हस्तकमलबाट सम्मान पनि भएको थियो ।

एक महिना अवधिको धनुरमासमा गोदाम्बा कथा सञ्चालनका प्रत्येक दिन भक्तजनहरुले पालैपालो सहयोग गरेका थिए ।

nijgadh-supermart-adz1200-630