skip this

दूतावाससँग समन्वय गरेर शोभराजलाई डिपोर्ट गरिने

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-केन्द्रीय कारागारबाट रिहा भएका ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई अहिले अध्यागमन विभागमा राखिएको छ । दुईजना विदेशीको हत्या कसुरमा २०७० असोजदेखि नेपालको जेलमा बसेर रिहा भएका फ्रान्सेली नागरिक शोभराजलाई देश निकाला ‘डिपोर्ट’ गर्ने अध्यागमन विभागको तयारी छ ।

पुस ६ मा सर्वोच्च अदालतका न्यायाधशिहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गरेर १५ दिनभित्र आदेश गरेका थिए । नेपाल स्थित फ्रान्सेली दूतावाससँग समन्वय गरेर उनलाई डिपोर्टको तयारी भइरहेको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताइन् ।

कुमारीले भनिन्– ‘दूतावाससँग समन्वय गरिरहेका छौं, चाँडैं उहाँलाई डिपोर्ट गर्छौं ।’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार शुक्रवार नै शोभराजलाई स्वदेश फर्काउने तयारी छ ।

nijgadh-supermart-adz1200-630