skip this farak Kura Pravakar

नेपालसँग ओमान ३९ रनले पराजित

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आएसीसी टी–२० विश्वकप छनौट अन्तर्गत शुक्रबार नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले जितका साथ खाता खोलेको हो । टस जितेर ओमानले ब्याटिङका लागि निम्त्याएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै, लोकेश बम र सन्दीप लामिछानेले समान १६–१६ रन बनाए ।
ओमानका लागि खवर अलीले सर्वाधिक तीन विकेट लिए भने बिलाल खानले दुई, फयाज बट र जीशान मकसुदले एक÷एक विकेट हासिल गरे । ११८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले १७ ओभरमा ७८ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको हो । ओमानका लागि नसिम खुशीले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानलाई धरासायी बनाउने क्रममा कमलसिंह ऐरीले तीन, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यस्तै, जितेन्द्र मुखिया र अविनाश बोहोराले एक/एक विकेट हासिल गरे ।

 

nijgadh-supermart-adz1200-630