skip this

टी-ट्वान्टी विश्वकप : नामिबिया पहिलो पटक सुपर-१२ मा

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नामिबिया पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर- १२ मा प्रवेश गरेको छ । यूएईमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया पहिलो पटक सुपर-१२ मा पुगेको हो ।
  समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित निकाल्यो । १ सय २६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्‍यो ।
    नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले । आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए ।

nijgadh-supermart-adz1200-630