skip this

निजगढ–१ का वडा अध्यक्ष लोप्चनद्वारा फूटबल सामग्री सहयोग

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका–१ का वडा अध्यक्ष मंगल लोप्चनको सहयोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निजगढले निजगढ–६ का नव बुद्ध युवा क्लबलाई खेल सामग्री वितरण गरेको छ ।

खेलाडीलाई अभ्यास तथा विभिन्न प्रतियोगितामा सहज हुने गरी आईतबार वडा अध्यक्ष लोप्चनको सहयोगमा फूटबल सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा नेविसंघ बारा जिल्ला सदस्य लक्ष्मीप्रसाद तिमसिना, निजगढ नगर सभापति इश्वर सापकोटा, उपसभापति सुगम खनाल, सहसचिव प्रबिन भारती, तेक्वान्दो प्रशिक्षक उदयराज पाण्डे, नव बुद्ध युवा क्लबका सदस्य पासाङ लामा लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630