नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता नन्दन अर्यालको निधन
वि.सं.२०८२ भदौ १६ सोमवार १३:१०

बारा-नेपाली कम्युनिस्ट आन्दोलनका पुराना योद्धा तथा २०११ सालमा भएको बारा–रौतहटको किसान आन्दोलनका नेता नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ ।
कलैया उपमहानगरपालिका–१४ बगवान निवासी अर्यालको गए राति करिब ११ बजे निधन भएको परिवारले जनाएको छ।
अर्यालले आफ्नो जीवनकालमा किसान अधिकार, सामाजिक न्याय र जनमुक्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विशेष गरी २०११ सालको ऐतिहासिक किसान आन्दोलनमा उहाँको योगदानको उच्च मूल्यांकन हुने गरेको छ ।
उनको निधनले नेपाली वाम आन्दोलनले एक साहसी योद्धा गुमाएको भन्दै राजनीतिक वृत्त र स्थानीयवासी स्तब्ध बनेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
वि.सं.२०८२ भदौ १६ सोमवार १३:१०

















