skip this

स्टार किमले गरिन् सम्बन्धविच्छेद

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

न्यूयोर्क । अमेरिकी रियालिटी स्टार किम कार्दासियन र गायक कान्ये वेस्टको वैवाहिक सम्बन्ध टुटेको छ । किम विवाह गरेको ८ वर्षपछि वेस्टसँग अलग भएकी छन् ।

याे पनि…

दुईबीच सम्बन्धविच्छेदको मुद्दा विगत केही महिनादेखि चलिरहेको थियो ।

अदालतले आधिकारिकरुपमा अविवाहित घोषणा गरेपछि किमले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टबाट कान्येको थर पनि हटाएकी छन् ।

किमले इन्स्टाग्राममा यसअघि आफ्नो नाम किम कार्दासियन वेस्ट राखेकी थिइन् भने अब किम कार्दासियन छ।

किम कार्दासियन र कान्ये वेस्टबीच सम्बन्धविच्छेदको मुद्दा अदालतमा मुद्दा चलिरहेको बेला केनीले किम, उनका प्रेमी र उनको परिवारका बारेमा लगातार बयान दिइरहेका थिए ।

जसका कारण किमले लस एन्जलस अदालतमा आधिकारिक रूपमा अविवाहित हुन अपील गरेकी थिइन् ।

यो जोडीले सन् २०१२ मा डेटिङ सुरु गरेका थिए । दुई वर्ष सम्बन्धमा रहेपछि दुवैले सन् २०१४ मा विवाह गरेका थिए ।

nijgadh-supermart-adz1200-630