skip this

आन्तरिक हवाइ उडानको भाडा वृद्धि, कुन रुटको भाडा कति ? (सूचीसहित)

९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि

1.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आइतबारदेखि लागु हुनेगरि आन्तरिक उडानको भाडादर बढाएका छन् ।

एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको हो ।

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ ।

निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गर्छ ।

आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।

nijgadh-supermart-adz1200-630