skip this

पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्न सुझाव

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सांसदहरुले सरकारलाई पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् ।

चीन लगायतका देशले रुस–युक्र्रेन युद्धपछि सस्तो बजार खोजेर पेट्रोलियम पदार्थ लिने प्रयास गरेको उल्लेख गर्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गरे ।

उनले नेपाल सरकारलाई पनि आग्रह गर्दै भने, ‘हामी पनि सस्तो बजार किन खोज्दैनौं ?’

उनले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन पनि आग्रह गरे । यस्तै नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पनि पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न आग्रह गरे ।

नेकपा एमालेका सांसद नवराज सिलवालले मुल्यबृद्धि घटाउने सरकारको योजना के छ ? भनेर प्रश्न गरे । जनतालाई राहत दिने कार्यक्रम ल्याउन उनको सुझाव छ ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने बताए । ‘भारतमा भर पर्दा नेपालमा समस्या भएको हो’ उनले भने ।

nijgadh-supermart-adz1200-630