skip this

सुरुङ्गा नगरपालिका मधेस प्रदेशमै पहिलो बालविवाह मुक्त नगरपालिका

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी-सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो वालविवाह मुक्त नगरपालिका घोषना गरेको छ ।

सप्तरी क्षेत्र ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले बुधबार एक कार्यक्रमबीच बालविवाह मुक्त नगरपालिका घोषणा गरेको हो ।

सवल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सुरुङ्गा नगरपालिका कार्यालयले नगरलाई पूर्ण रूपमा बालविवाह मुक्त नगर भनेर घोषणा गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए ।

नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा वालविवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।

नगरप्रमुख चौधरीले यश नगरपालिका वालविवाहको घट्दोक्रम रहेको बताईन् । उनले यश नगरपालिका स्थानीयको चौतर्फी बिकासले फड्को मारेको बताईन् ।

बालविवाह मुक्त नगर भनेर घोषणा गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिएका छन् ।

नगरले चालु आर्थिक वर्षमै पास गरेको बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार नगरपालिकाको वडामा बालविवाहको घटना तथ्यांक, उजुरी, बालबालिकालाई अनिवार्य जन्मदर्ता लगायत १४ वटा सूचकको आधारमा बालविवाह मुक्त नगर घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् ।

नगरप्रमुख चौधरीले यश नगरपालिका बालविवाहको घट्दोक्रम रहेको बताइन् । उनले यश नगरपालिका स्थानीयको चौतर्फी विकासले फड्को मारेको बताइन् ।

nijgadh-supermart-adz1200-630