नयाँ बानेश्वरस्थित संसद भवन अगाडी प्रेसर कुकर राख्ने विप्लवका कार्यकर्ता पक्राउ
वि.सं.२०७८ फागुन १८ बुधवार १६:२१

काठमाडाैं । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकर बम राख्ने व्यक्ति पक्राउ परेकाछन् ।
महानगरिय अपराध महाशाखा काठमाडौको विशेष टोलीले कुकर बम राख्ने व्यक्तिलाई आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता रहेको प्रहरीले जनाएको छ ।
काभ्रेको भुम्लो गाउँपालिका २ सिमथली घर भई हाल चावाहिल बस्ने बर्ष २१ को सुवास महत अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष भएको प्रहरीले बताएको छ।
बुधबार विच सडकमा भेटिएको उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । शंकास्पद प्रेसर कुकर वस्तुमा नो एमसीसी लेखिएको थियो ।
संसद भवनअगाडि ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटियो
“संसद भवन अगाडी शंकास्पद वस्तु (प्रेशर कुकर बम) राख्ने व्यक्ति पक्राउ” (2078/11/18)
घटना विवरणः
मिति २०७८।११।१६ गते काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा अपरिचित ब्यक्तिहरुले जनमानसमा भय त्रास सिर्जना गरी आंतंकित बनाउने उद्देश्यले शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको घटनामा संलग्न ब्यक्तिहरुलाई यस महाशाखाको बिशेष अनुसन्धान टोलिले अ.ने.रा.स्व.बि.यु. क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष जि. काभ्रे भुम्लो गा.पा. वडा नं. २ सिमथली घर भई हाल का.जि. चावाहिल बस्ने बर्ष २१ को सुवास महतलाई उक्त घटनामा प्रयोग गरेको मोटरसाईकल सहित मिति २०७८।११।१७ गते काठमाण्डौं स्थित गौशालाबाट पक्राउ गरी थप आवश्यक अनुसन्धान भैईरहेको ।
पक्राउ व्यक्ति:
१. नाम : सुवास महत
उमेर : २१ बर्ष
ठेगाना : जिल्ला काभ्रे, भुम्लो गा.पा.वडा नं.०२ सिमथली
हाल : का.जि.गौशाला, गौरिघाट
बरामद सामानहरूः-
१. घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको यामाहा कम्पनीको FZ मोटर साईकल थान-१
२. Rapid समेत लेखिएको कालो निलो रंगको फुल हेल्मेट थान-१
३. घटनामा लगाएको Adidas लेखिएको दुवै बाहुलाको भागमा सेतो स्ट्राप भएको कालो रंगको ट्रयाक ज्याकेट थान-१
४. विभिन्न कम्पनीका मोवाईल थान-४
वि.सं.२०७८ फागुन १८ बुधवार १६:२१

















