skip this yams_Max_Hospital.jpeg

सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु, नेपाल पठाउने तयारी

1.26K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

दोहा : सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु भएको छ । रसुवाका किप्पा नेकोर तामाङको घटनास्थलमा मृत्यु भएको जनाइएको छ ।
   गत सोमबार कम्पनीको काम सकेर कोठामा पुगेका उनी किनमेल गर्न गएका बेला फर्किदा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए ।
   विगत दुई वर्षदेखि कुवेतको एक कम्पनीमा कार्यरत रहेका मृतक तामाङको शव कम्पनिसंग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर चाँडै नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
   मृतकको घरमा श्रीमती र एक तीन बर्षिय छोरी रहेको बताइएको छ ।

nijgadh-supermart-adz1200-630