skip this farak Kura Pravakar

सुनाखरी साना किसान कृषि सहकारी रतनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–११ रतनपुरस्थित सुनाखरी साना किसान कृषि सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको जेष्ठ सेयर सदस्य जमान सिंह घलान र पुराना सेयर सदस्य निरञ्जन रिसालले गमलामा जलसेचन गरेर उद्घाटन गरेका थिए ।

साधारण सभामा अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रतिवेदन, लेखा प्रतिवेदन खुसनन्दन कुँवर र आर्थिक प्रतिवेदन शर्मिला खत्रीले प्रस्तुत गरेका थिए ।

संस्थाको सभाहलमा संस्थाका अध्यक्ष शान्तबहादुर दाहाल सागरको सभाअध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन रविना कुमारी चौधरी र स्वागत मनमाया श्रेष्ठले गरेकी थिईन् ।

साधारण सभामा सेयर सदस्य निरञ्जन रिसालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाका अवसरमा विभिन्न विद्यामा उत्कृष्ट भएका सेयर सदस्यलाई सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को उत्कृष्ट बचतकर्ता सम्मान घमण्डबहादुर राउत, उत्कृष्ट ऋणी जमान सिंह घलान, उत्कृष्ट बालवचत रोहान मिया चुरिहार र उत्कृष्ट आवाधिक बचतकर्ता फुलमाया थिङलाई सम्मान गरिएको छ ।

त्यसैगरि उत्कृष्ट समूहको सम्मान समूह नम्बर ८ ले प्राप्त गरेको छ । समूहका अध्यक्ष सोनिया मोक्तान, कोषाध्यक्ष बीरमाया थिङ, सचिव बिना मोक्तान, सदस्य दीक्षा मुक्तान, सरस्वती थिङ, धनमाया थिङ, अन्जली थिङलाई संस्थाले सम्मान गरेको छ ।

कार्यक्रममा बालबालिकाहरूले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

साधारण सभामा प्रस्तुत प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको अध्यक्ष दाहालले घोषणा गरेका थिए ।

 

nijgadh-supermart-adz1200-630