नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको २९औं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८२ पुस २६ शनिवार २१:२८

बारा–नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको २९औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
निजगढ ९ स्थित रेडक्रस भवनमा भएको साधारण सभाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले गमलामा जलशेचन गरेर उद्घाटन गरेका छन् ।
साधारण सभामा प्रस्तुत कोषाध्यक्ष सुभद्रा नेपालको लेखा प्रतिवेदन र सचिव मोहन दुरुड (डिसी) ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
उपशाखा सभापती धितालको अध्यक्षतामा भएको सो साधारण सभामाको नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखा उपमन्त्री कृष्णप्रसाद खरेल, रेडक्रस जिल्ला सदस्य नारायणप्रसाद शर्मा, निजगढ नगर कार्यपालिका सदस्य मानबहादुर डासेलि, खानेपानी तथा सरसफाई संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाको अवसरमा उपशाखा कार्य समितिमा रहि रेडक्रस अभियान, मानबिय सेवा र उपशाखाको बिकासमा योगदान गर्ने २२ जना पुर्ब पदाधिकारी र सदस्यहरुलाइ दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा उपशाखामा आवद्ध नयाँ आजिबन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्रसमेत वितरण गरिएको थियो ।
निजगढ उपशाखा अन्तरगत एक यशस्कर, आठ बिशिस्ट र चार सय नब्बे जना आजिबन सदस्य रहेका छ्न् ।
उपशाखा सभापती रुद्र धितालको अध्यक्षतामा भएको साधारण सभामा स्वागत प्रमिला नेपाल र सञ्चालन बद्री प्रसाद चिमरियाले गरेका थिए ।
वि.सं.२०८२ पुस २६ शनिवार २१:२८

















