तेस्रो ल्होछार कप नकाउट फुटबल प्रतियोगिता माघ ३ देखि सञ्चालन हुने (भिडियो)
विजयी टिमले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्ने
वि.सं.२०८१ पुस १५ सोमवार २२:३७

बारा–बाराको निजगढ १० लालमा तेस्रो ल्होछार कप नकाउट फुटबल प्रतियोगिता माघ ३ देखि सञ्चालन हुने भएको छ ।
योङ स्टार युनाईटेड क्लबको आयोजनामा बुद्धचोक फुटबल मैदानमा तेस्रो ल्होछार कप नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
तामाङ समुदायको नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार कुमार मोक्तानले प्रतियोगितामार्फत युवाहरुलाई खेलप्रति आकर्षण र खेलाडीको व्यवसायिक वातावरण बनाउने उद्देश्य रहेको बताए ।
ल्होछार कप नकाउट फुटबल नगरकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता बनेको छ । प्रतियोगिताको विजयी टिमले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्ने क्लबका सल्लाहकार मोक्तानले जानकारी दिए ।
१२ लाख अनुमानित खर्च रहेको प्रतियोगिता सञ्चालन गर्न १० नं. वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेको वडा सदस्य मेघराज वाईवाले जानकारी दिए । उनले आगामी दिनमा थप बजेट बिनियोजन गर्ने बताए ।
आयोजक क्लबका अध्यक्ष आशिक लामाले सोनाम ल्होछारको माध्यमबाट गाँउ र खेललाई चिनाउन सकिने भन्दै गोल्डकपकै रुपमा प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको बताए ।
आयोजक क्लबका अध्यक्ष आशिक लामाले प्रतियोगितामा सहभागि हुन हालसम्म १६ टिमले सम्पर्क गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार शिद्धार्थ लोप्चनले खेलप्रति दर्शकहरुको आकर्षण बढ्दै गएकाले खेल मैदानको विकासमा स्थानिय सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन् ।
पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार तिलक घलानले ल्होछारको अवसरमा प्रतियोगिता सञ्चालन गरेर नाचगानमात्रै हैन प्रतियोगितामार्फत खेलाडी उत्पादनको उद्देश्य रहेको बताए ।

वि.सं.२०८१ पुस १५ सोमवार २२:३७