skip this hetauda tech

सिभिल सहकारीमा यी अभिनेत्रीको ३ करोड फस्यो

न्याय दिलाउन कलाकार संघको अपील

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै न्याय दिलाइदिन सरकारसँग आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जित लगायतले वचत गरेको रकम उक्त सहकारीमा फसेको र उनीहरुले उक्त संस्थाका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको उल्लेख गरेको छ ।

यस विषयमा सरकारले चासो दिएर पीडितहरुलाई न्याय दिलाउन र दोषीमाथि कानुनी कारबाही गर्न संघले माग गरेको छ ।

सोही सहकारी संस्थामा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको रकम पनि राखिएको जनाइएको छ । उक्त संस्थाबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सो पुरस्कार वितरणलाई पनि असर परेको उल्लेख छ ।

संघका अनुसार तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ ।

‘मुलुकका नागरिक एवं चलचित्रकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

सिभिल सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

nijgadh-supermart-adz1200-630