skip this farak Kura Pravakar

इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनको प्यानल नै विजयी

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ ।

डा हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औं केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन् ।

अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएको सोही प्यानलबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले जानकारी दिए ।

धितालका अनुसार अध्यक्षका अन्य उम्मेदवारमा डा सुरज लामिछानेले २८११, डा हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरे ।

दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह कोषाध्यक्षमा दिपक अधिकारी विजयी भएका छन् ।

नेइएको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए । कांग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले पनि प्रतिस्पर्धा गरेको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुको छुट्टै प्यानल थियो ।

एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरुले गठबन्धन बनाएका थिए । मजदुर किसान पार्टी निकटका इन्जिनियरहरुले पहिलोपटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए ।

विवाद भएपछि मधेस प्रदेशको मतगणना रोकिएको छ । गणना सकिएका अन्य प्रदेशमा भने कांग्रेस निकटको सिडेन प्यानलसहित विजय भएको छ ।

 

nijgadh-supermart-adz1200-630