राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्छ–ईश्वर पोखरेल
वि.सं.२०७९ माघ १४ शनिवार १६:०१

काठमाडौं ।राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताउनुभयो । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो ।
“एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “यो समीकरणलाई टुट्न र भत्कन दिनु हँुदैन ।” उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताएका छन् ।
वि.सं.२०७९ माघ १४ शनिवार १६:०१

















