सभामुख घिमिरेको आह्वानमा सर्वदलीय बैठक सम्पन्न
वि.सं.२०७९ माघ ७ शनिवार १४:२१

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची तय गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको नेकपा ९एमाले०का सांसद विद्या भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सभामुखको निर्वाचनमा जुन प्रक्रिया र विधि अपनाइएको थियो त्यसलाई अपनाउने भन्ने कुरा भएको छ, कार्यव्यवस्था परामर्श निर्माण गरेर जाने विषयमा पनि छलफल भयो ।” बैठकमा प्रतिनिधिसभा कार्यव्यवस्था निर्माण गरेर जाने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा९एमाले०का नेता सुवास नेम्वाङ र नेकपा ९माओवादी केन्द्र०का हितराज पाण्डे सहभागी हुनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा९एकीकृत समाजवादी०का प्रमुख सचेतक प्रकाश ज्वाला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित हुनुहुन्थ्यो ।
–––
वि.सं.२०७९ माघ ७ शनिवार १४:२१
















