चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन–मेटमणि चौधरी
वि.सं.२०७९ कात्तिक ७ सोमवार ०९:४२
915
shares

काठमाडौं। चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको सहरी विकास मन्त्री मेटमणि चौधरीको भनाई छ। सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले आइतबार सो धारणा राखेका हुन् ।नेपालको इतिहासमा बामलोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको बताउँदै मन्त्री चौधरीले राजा महेन्द्रले जननिर्वाचित विपि कोइरालाको सरकार कु गरेपछि दलहरु एक ठाँउमा आउने क्रम सुरु भएको बताएका छन् ।
एमालेले गठबन्धनका विरुद्ध विष बमन गरिरहेको बताउँदै मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमालेहरु आत्तिन थालेको मन्त्री चौधरीको भनाई थियो ।
वि.सं.२०७९ कात्तिक ७ सोमवार ०९:४२

















