skip this farak Kura Pravakar

२३ घण्टापछि खुल्यो अवरुद्ध राप्ती लोकमार्ग

1.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सल्यान : सुक्खा पहिरोका कारण अवरुद्ध राप्ती लोकमार्गको सल्यान–दाङ सडकखण्ड बुधबार साँझ खुलेको छ। अवरुद्ध बनेको २३ घण्टाभन्दा बढी समयपछि सडकमा आवागमन शुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मंगलबार साँझ करिब साढे ७ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलानजिकै सडक निर्माण गर्ने क्रममा सुक्खा पहिरो झर्दा सडक अवरुद्ध बनेको थियो। दाङबाट ठूलो स्काभेटर ल्याएर पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

पहिरोले सडक खन्ने क्रममा स्काभेटरसमेत पुरेको थियो। पहिरो गएको ठाउँ निकै जोखिमपूर्ण ठाउँमा भएकाले पहिरो हटाउन समय लागेको पौडेलको भनाइ छ।गएरातिदेखि सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन तथा यात्रु अलपत्र परेका थिए। साना गाडीका लागि वैकल्पिक बाटो भए पनि ठूला गाडीका लागि भने वैकल्पिक सडक हुँदा धेरै सवारीसाधन जाममा परेका थिए।

nijgadh-supermart-adz1200-630