skip this

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव फेला

2.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । झापाको गौरदह नगरपालिका–९ स्थित कमल खोलामा १७ साउनमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय उज्वल खरेलको शव आज फेला परेको छ ।खरेको शब सशस्त्र प्रहरीले आज फेला पारी खोलाबाट बाहिर निकालेको हो ।

कमल गाँउपालिका–१ बस्ने खरेल पौडी खेल्दाखेल्दै बेपत्ता भएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरहरू खटिएका थिए । खोजतलासका क्रममा बुधबार उनको शब फेला पारेको हो । सशस्त्र प्रहरीले १८ साउन बिहान ८ः२० बजेतिर सोही ठाउँमा करिब २० फिट गहिरो पानीमा शव फेला पारेको हो ।

nijgadh-supermart-adz1200-630