skip this yams_Max_Hospital.jpeg

अखिल क्रान्तिकारीको खुल्ला उपाध्यक्षमा सपिम खरेल ‘संघर्श’ को उम्मेदवारी, के छ प्रतिबद्धता ?

513 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ कार्यसमितिमा बाराको निजगढ–९ का सपिम खरेल ‘संघर्श’ ले खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

को हुन् सपिम ?

विद्यार्थी आन्दोलनका विभिन्न मोर्चामा सधैं अग्रणी भूमिका निर्वाह गर्दै, सपिम खरेल (संघर्श) बि. फार्मेसे, (एमबीए) को अध्ययन पुरा गरेका छन् । पोखरा विश्वविद्यालय प्रदेश समितिमा कार्यरत सपिम निवतमान सचिवालय सदस्य समेत हुन् ।

२०७३ सालमा सेन्ट्रल इन्टिच्यूट अफ साइन्स एड टेक्नोलोजीमा काउन्सिल सभापति बनेका सपिम २०७५ मा उपत्यका जिल्ला सहसचिव र २०७९ मा पोखरा विश्वविद्यालयको राष्ट्रिय समिति उपाध्यक्ष बनेका थिए ।

पोखरा विश्वविद्यालय हुँदै विश्वविद्यालय रास्ट्रिय समितीको उपाध्यक्ष र विश्वविद्यालय प्रदेशको संरचनाको फर्मेशनको निम्ति महत्वपूर्ण भुमिका निर्वाह गरी उमेरहदको चुनाव पछि उपाध्यक्ष (खुल्ला) तर्फ उम्मेदवारी दिएका हुन् ।

यस्ता छन् प्रतिवद्धता

समाजवादी शिक्षा र एक सशक्त संगठन निर्माणमा आफ्नो गहिरो भुमिका रहने प्रतिबद्धता प्रकट गरेका छन् । शैक्षिक एजेन्डामा केन्द्रिकरणको दृष्टिकोणसँगै, अखिल (क्रान्तिकारी) पुनर्निर्माणको महाअभियानलाई थप मजबुती दिने विश्वास व्यक्त गराएका छन् ।

सपिम खरेल (संघर्ष) ले व्यक्तिवादको अन्त्य गर्दै सामूहिकतामा र साझा विचारको बलियो अभ्यासलाई अघि बढाउने आफ्नो योजना प्रस्तुत गरेका छन् । यसका माध्यमबाट, विद्यार्थी समुदायको हक र अधिकारको संरक्षण गर्दै, संगठनलाई थप सशक्त,गतिशील र सडक बाघको रुपमा स्थापित गराउन ठोस कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।

‘आजको मुख्य विषय भनेको विद्यार्थीहरुको पक्षमा हामीहरूको संघर्ष र हालको निर्वाचनमा हामीले कायम गरेको प्रगति हो,’ उनले भने–यद्यपि विद्यार्थी साथीहरुको केही अन्य महत्वपूर्ण एजेण्डा पूरा गर्न अझै बाँकी रहेको छ, र त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तपाईंको समर्थन र सहकार्य अत्यन्त आवश्यक छ ।

समाजवादी शिक्षा र विद्यार्थीहरूको अधिकारको लागि संघर्ष गर्दै, सपिम खरेल (संघर्ष)ले समान, गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक शिक्षा प्राप्त गर्ने अधिकारको संरक्षण गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । यसका साथै, उनले विद्यार्थी कल्याणकारी कार्यक्रमहरूको प्रवद्र्धन, शिक्षामा व्यापारीकरणको न्यूनीकरण, विद्यार्थीहरूको हक र सुरक्षाका लागि निरन्तर संघर्ष, परिक्षा प्रणालीमा सुधार र पारदर्शिता, रोजगारमुखी शिक्षा नीतिको कार्यान्वयनलाई प्राथमिकता दिएका छन् ।

सपिम खरेलको नेतृत्व र प्रतिबद्धता विद्यार्थी समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

nijgadh-supermart-adz1200-630