प्रभु आसिक माग्छु

वि.सं.२०८१ माघ ११ शुक्रवार ०९:४९
171
shares

छन्दः- तोटक
गणनाथ प्रभो शिव शक्ति तिमी
गिरिजापति हे! त्रिपुरारि तिमी
किन दुःख चुलिन्छ पहाडसरि
किन हुन्छ प्रहार ममा यसरी।१।
त्रुटि गर्छ मनुष्य अवश्यपनि
अनजान भनी गर माफ अनि
मन मस्तकमा सुख शान्ति भरी
प्रभु साथ लिनू तम दूर गरी ।२।
प्रभुको महिमा छ अगम्य बडा
जल मन्थन भो विषपान घडा
शिव हर्न जुट्यौ जगको लफडा
प्रभुको प्रभुता छ सदा तगडा।३।
विष भाङ चढाउॅछु सोमरस
दिलको दरबार खुला छ बस
प्रभुको छ पुकारसॅगै स्मरण
अनुराग भरी लिनुहोस् शरण।४।
वय जान्छ बिती जसरी तसरी
भवसागर पार तरूॅ कसरी
मन खट्पट हुन्छ हवस् समन
प्रभु आसिक माग्छु नमामि नमः।५।

वि.सं.२०८१ माघ ११ शुक्रवार ०९:४९