skip this hetauda tech

मुलुकको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छ–श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे

393 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बताएका छन् । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३।५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ ।

राष्ट्रपति विक्रमासिङ्घेले सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरु तथा ऋण पुनर्संरचना कार्यक्रममा अबरोध आए आर्थिक सङ्कटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको पनि बताएका छन् । श्रीलङ्काको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630