skip this

सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने –उपराष्ट्रपति पुन

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । आज ‘मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकरातीरमाघेसङ्क्रान्तिरमाघी पर्वको शुभकामना व्यक्त गर्दै सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति पुनले लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश सरकारहरू बनिसकेका सन्र्दभ उल्लेख गर्दै ती सरकारहरूले तीव्र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

nijgadh-supermart-adz1200-630