skip this

मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

648 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।

मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गनुपर्ने बताएका छन् । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गरेका छन् । यसैबीच नेकपा (एकीकृत समाजवादी)ले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।

nijgadh-supermart-adz1200-630