skip this

सरकारले कृषिलाई प्रथमिकतामा राख्नुपर्छ–नैनसिंह महर

951 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले कृषि क्षेत्रको लगानीमा ध्यान दिनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। डेमोक्रेटिक एग्रिकल्चरिस्ट एशोसियसन नेपाल (डान) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महरले कृषि प्रधान देशमा कृषिमा लगानी नहुनु चिन्ताको विषय भएको बताए।

ुनेपाल भारत र चीन जस्तो विशाल मुलुकको बीचमा छ। ती दुई देशमा चार प्रतिशत भन्दा बढी बजेट कृषिमा छुट्याइन्छ। नेपालमा दुई प्रतिशत हाराहारीमा मात्र छ। यसले नेपाली किसानलाई अनुदान दिन पनि पुग्दैन। यस्तो हुँदा हाम्रो उत्पादन महंगो र आयातित सामान सस्तो हुने हुन्छु, उनले भने। कृषिलाई आधुनिकिकरण गर्दै रोजगार मुलक बनाउन सक्नुपर्नेमा महरको जोड छ। वैज्ञानिक कृषि प्रणाली आजको आवश्यकता भएको उनले बताए।

कृषि प्रधान मुलुकमा सरकारले कृषिलाई नै प्रथमिकतामा राख्नुपर्छ। यस्ले उत्पादन बढ्नुका साथै युवालाई कृषितर्फ आकर्षित गर्छ। नेपालमै राम्रो उत्पादन भएमा बाह्य देशबाट खाद्य सामग्री आयात गर्नु पनि गर्दैन। नेपालकै उत्पादकत्व बढेर मुलुक आर्थिक रुपमा समृद्ध हुने होु, महरले भने।

नेपालको २७ प्रतिशत खेति योग्य जमिन मध्ये २० प्रतिशतमामात्र खेति भइरहेको तथ्यांकले देखाएको महरले स्मरण गरे। यस पटकको बजेटमा सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

nijgadh-supermart-adz1200-630