skip this hetauda tech

सूचनाको हक र यससम्बन्धी कानूनलाई कमजोर पार्ने गरी सरकारले नीतिगत निर्णय गर्यो–शेखर कोइराला

420 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गरेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् । आज सामाजिक सञ्जाल मार्फत डा.कोइरालाले सूचनाको हक र यससम्बन्धी कानूनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहनेगरी निर्णय गरेको भन्दै खेद प्रकट गरेका हुन् । उनले उक्त निर्णय फिर्ता लिन समेत माग गरेका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानले ग्यारेन्टी गरेको ‘सूचनाको हक’ लोकतन्त्र,नागरिक शसक्तीकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक हो । सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरि निर्णय गरेकोमा खेद प्रकट गर्दछु। अबिलम्ब यो निर्णय फिर्ता गर्न म सरकारसँग माग गर्दछु।

nijgadh-supermart-adz1200-630