skip this

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाउन सरकारले स्टाटपको व्यवस्था गर्ने–अर्थमन्त्री पौडेल

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्टाटप कार्यविधि छिट्टै कार्यान्वयनमा आउने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एसएमई समिट सम्मेलनमा बोल्दै उनले यसअघि आफू अर्थमन्त्री हुँदा ल्याएको स्टाटप सम्बन्धी व्यवस्था लागु नभएको भन्दै यो कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाउन सरकारले स्टाटपको व्यवस्था गरेको उनले बताएका छन् । व्याजदर मुद्रास्फ्रितीस्सँग जोडिएको भन्दै उनले यसलाई नियन्त्रण गरेर एउटा विन्दुमा राख्नु पर्ने चुनौती रहेको बताएका छन् । अर्थमन्त्री पौडेलले व्याजदरको सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंक छलफलमा रहेको र पछिल्लो समय व्याजदर कम हुदै जाने संकेत देखिएको जिकिर गरेका छन् ।

nijgadh-supermart-adz1200-630