skip this

कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो –प्रकाशशरण महत

861 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने नेपाली कांग्रेसले बताएको छ । कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ।आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ उनले भने, ‘ यसका लागि उम्मेदवार दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं। सकेसम्म सर्वसम्मत गर्नेछौ। ’बैठकमा विशेष गरी आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रीत भएरै छलफल भएको बताएका छन्।उनले राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको प्रवक्ता महतले जानकारी दिएका छन्।

nijgadh-supermart-adz1200-630