skip this

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

1.96K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् ।भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।कृष्णप्रसादले आफ्नै घरको तीन तला माथी रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने निजको श्रीमान सोही तीन तला माथीबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको अधिकारीले बताए । हाम फालेर भाग्न खोज्दा गम्भिर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको उनले बताए ।

nijgadh-supermart-adz1200-630