skip this farak Kura Pravakar

आज साउन महिनाको दोस्रो सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो

2.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार हो । साउनलाई भगवान शिवको प्रिय महिना मानिन्छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन् ।मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन् ।आज पशुपति लगायत देशभरका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।

पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।

nijgadh-supermart-adz1200-630