निर्वाचनमा अन्तरघात गरेका नेताप्रति कांग्रेस बाराको नेतृत्व नरम ! यी १० नेताको कारबाही फुकुवा गर्न सिफारिस
भदौं १५ देखि वडाबाट सम्मेलन सुरु गर्ने
वि.सं.२०८० भदौ ३ आइतवार १२:५५

बारा–नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादब अघिल्ला निर्वाचनमा अन्तरघात गरेका नेताप्रति नरम देखिएको छ ।
सभापति यादवको प्रस्तावमा कार्यसमितिले १० जना नेताको कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. २ निर्वाचनमा गठबन्धको उम्मेदवारलाई जिताउन सक्रिय भुमिका खेलेको भन्दै यसअघि कारबाहीमा परेका नेताहरुको कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाली कांग्रेस जिल्ला कार्य समिति उप सभापति अमिरीलाल पाल, कार्यसमिति सदस्य हरि थापालिया, रबिन्द्र यादव, विरेन्द्र यादव, रामएकबाल यादवको कारबाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसैगरि कांग्रेस मधेस प्रदेशका महाधिवेशन प्रतिनिधि नरेश यादव, गाँउ कार्यसमितिका पूर्व सभापति उतिमलाल बरै, पूर्व सदस्य कृष्णा देवी चौरसिया, काग्रेस कलैया नगर कार्यसमिति सदस्य रामनिवास साहको काराही फुकुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भदौ महिनाभरि सम्मेलन
भदौ महिनाभरि वडादेखि जिल्लासम्मको सम्मेलन सक्ने निर्णय गरेको छ । जसमा १५ भाद्रसम्म वडा, पालिका सम्मेलन, २० भाद्रसम्म प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रकोसम्मेलन र जिल्ला सम्मेलन यहि भाद्र अन्तिम सातामा गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाली कांग्रेस वडा तथा पालिका सम्मेलन गराउन जिल्लाको १६ वटै पालिकामा जिल्लाबाट पालिका प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
बी. पी. स्मृति भवन कलैयामा जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा बसेको बैठकले गरेको निर्णय कांग्रेस बाराका कार्यसमिति सचिव अम्बिका प्रसाद यादवले विज्ञप्ती मार्फत जानकारी गराएका हुन् ।

वि.सं.२०८० भदौ ३ आइतवार १२:५५

















