skip this

जीतपुरसिमराका विद्यार्थीले कान्तिपुर सिटी कलेजमा स्नातक तहमा प्राविधिक शिक्षा पढ्न छात्रावृत्ति पाउने

यी हुन् छनौंट गर्न पाउने विषय र आवश्यक कागजात

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–काठमाडौंको कान्तिपुर सिटी कलेजमा स्नातक तहमा प्राविधिक शिक्षा ईच्छुक प्लसटु उर्तिण गरेका जीतपुरसिमराका विद्यार्थीले छात्रावृत्ति पाउने भएका छन् ।

कान्तिपुर सिटी कलेज, काठमाण्डौं र कल्प एकेडेमिको सहकार्यमा स्थानिय निकायमा दक्ष जनशक्ती उत्पादन गर्न सामाजिक उत्तरदायित्व बहन गर्दै छात्रवृति उपलब्ध गराउदै आइरहेको छ ।

जीतपुरसिमरा अन्तर्गत सामुदायिक विद्यालयवाट कक्षा १२ (प्लस टु) उत्तीर्ण विद्यार्थीहरुले उक्त कलेजमा विभिन्न प्राविधिक विषयमा अध्ययन गर्दा छात्रावृत्ति दिने भनेर कान्तिपुर सिटी कलेज काठमाण्डौंले गत चैत्रमा पत्राचार गरेको थियो ।

बीसीए, बीआईटी, बीई कम्प्यूटर, बीई सिभिल, बीबीए मध्ये कुनै एक संकायमा अध्ययनको लागि कलेजले छात्राबृत्ति दिन लागेको हो । विद्यार्थीले छात्राबृत्ति पाउनका लागि १० भदौभित्र उपमहानगरपालिकाको कार्यालय जीतपुरमा कागजात पेश गर्नुपर्ने छ ।

यी हुन् छनौंट गर्न पाउने विषय

-Bachelor of Computer Application ( BCA)
-Bachelor in Information Technology ( BIT)
-Bachelor of Computer Engineering( BE Computer)
-Bachelor of Civil Engineering (BE Civil)
-Bachelors of Business Administration (BBA)

के–के आवश्यक पर्छ ?

१. कक्षा १२(+२) उत्तीर्ण गरेको प्रमाण पत्र (ग्रेडसिट, चारित्रिक प्रमाण पत्र)
२. नागरिकता प्रमाण पत्र वा जन्म दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
३. दलित, आदिवासी, जनजाति, मधेशी, मुसलमान प्रमाणित कागजातको प्रमाणित प्रतिलिपी
४.वेपता पारिएका व्यक्तिस तथा सहिद परिवार/अपाङ्ग/जनआनदोलन एवम मधेश जन आन्दोलनमा घाइते परिवार/द्धन्द पिडित/एकल महिला सम्बन्धी प्रमाणित कागजातको प्रमाणित प्रतिलिपि
५. विपन्न वर्ग भए सम्वन्धित वडाको सक्कल सिफारिस पत्र ।

nijgadh-supermart-adz1200-630