skip this farak Kura Pravakar

राप्रपाको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै,यस्ता छन् मुख्य एजेण्डा

858 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै छ । राष्ट्रपति निर्वाचनबारे निर्णय लिन आज दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

उनले भने, हामी सबै विकल्पमा खुला छौँ, पार्टीको बृहत्तर हितलाई ध्यान दिएर निर्णय गर्छौँ ।”राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले०का सुवास नेम्वाङ उम्मेदवार छन् । राप्रपाको फागुन १२ गतेको बैठकले राष्ट्रपतिको निर्वाचनमा प्रस्तापक र समर्थक दुवै नबस्ने भनेर निर्णय गरेको थियो ।

nijgadh-supermart-adz1200-630