राष्ट्रिय जनमोर्चाले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउदै
वि.सं.२०७९ फागुन ३० मंगलवार ०८:५४

काठमाडौं। चैत १० गतेदेखि १५ गतेसम्म राष्ट्रिय जनमोर्चाले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । जनमोर्चाको फागुन २७ र २८ गते बुटवलमा सम्पन्न राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।
यही अभियान अन्तर्गत चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।नेपालसहित विश्वभर देखिएको आर्थिक संकटको परिप्रेक्षमा संघीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताएका छन् ।
पार्टीका अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’
बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ । सो उपनिर्वाचनमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ । उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । साथै उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।
वि.सं.२०७९ फागुन ३० मंगलवार ०८:५४
















