नेपाली सेनाले भन्यो : पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक हो
वि.सं.२०७९ असार २ बिहीवार २१:१३
2.75K
shares

काठमाडौं । अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ ।
सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र श्रत्रीले अमेरिकालाई पत्र पठाएकमे पत्र आधिकारिक भएको बताए । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।
क्षत्रीले पठाएको पत्रको आधिकारिकतामाथि प्रश्न उठाइएका बेला प्रवक्ता सिल्वालले पत्र सही भएको बताएका हुन् । पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्नुपर्ने कुरा नभएको उनको भनाइ छ ।
त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्ने कुरा अनावश्यक हल्ला भएको सिल्वालले बताए ।
वि.सं.२०७९ असार २ बिहीवार २१:१३

















