आज ९४ अंकले बढ्यो नेप्से परिसूचक
वि.सं.२०७९ असार १२ आइतवार १५:४५
1.3K
shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरूको १९ बुँदे माग पूरा गर्ने सम्बोधन भएसँगै आइतबार पुँजीबजारमा सुधार आएको हो ।नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ ।
२३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको छ ।सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको एकैदिन ८ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख, ङादी ग्रुप पावरको ८ करोड ३३ लाख, नबिल बैंकको ६ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको ५ करोड ४१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
वि.सं.२०७९ असार १२ आइतवार १५:४५
















