skip this farak Kura Pravakar

सुर्खेतमा वर्षाकैबीच दलहरुले मनोनयन दर्ता सुरु गरे

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। केही दिन देखि निरन्तर परेको अविरल वर्षाकैबीच आज कर्णाली प्रदेशको सुर्खेतमा दलहरुले मनोनयन दर्ता सुरु गरेका छन्। आज वर्षाकैबीच दलहरुले मनोनयन दर्ता सुरु गरेको हुन्।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा रहेको निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन्।नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।

यस्तै प्रदेशसभा २ (क) मा पदम वमले स्वतन्त्र उम्मेदवारी दिएका छन्। वम पूर्व वाइसियल जिल्ला अध्यक्षसमेत हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर कँडेलले सुर्खेत क्षेत्र नम्बर २ (क)बाट प्रदेससभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अमृत विसी र प्रदेशसभा २ (ख) मा ताराकेशर गौतमले पनि मनोनयन दर्ता गराएका छन्।

nijgadh-supermart-adz1200-630