फेरि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?
वि.सं.२०७९ असार १२ आइतवार ११:३८
975
shares

काठमाडौं । आज नेपाली सुन,चाँदी बजारमा सुनको मूल्यमा आज प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ असार १२ आइतवार ११:३८
















