skip this

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ – सभामुख गुरुङ

717 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले बताएका छन् । प्रदेशसभा सचिवालयले गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाएका छन् । उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको बताएका छन् ।

कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।प्रदेशसभा सचिव जीवराज बुढाथोकीले संसदीय गतिविधि सम्प्रेषणमा पत्रकारको योगदान महत्वपूर्ण छ भने ।

कर्णाली प्रदेशसभाले खुला संसद्को अभ्यास गरेर जनतामा लोकतान्त्रिक व्यवस्थाको अनुभूति दिलाएको उनले जिकिर गरेका छन् । पछिल्लो समय प्रदेशसभा सचिवालयमा विधेयक दर्ता नभएको जनाउँदै सचिव बुढाथोकीले कार्य व्यवस्था परामर्श समितिसहित चारवटा विषयगत समितिको पनि गठन हुन नसक्दा काम कारबाही नदेखिएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630