skip this

सल्यान कांग्रेसले बागी उम्मेदवारी दिनेसहित तीन जनालाई कारबाही गर्यो

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।बागी उम्मेदवारी दिनेसहित तीन जनालाई नेपाली कांग्रेस सल्यानले कारबाही गरेको छ। पार्टीको आधिकारिक उम्मेदवार हुँदाहुँदै पार्टीको विधान विपरित स्वतन्त्र उम्मेदवार दिएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवार भएपनि कांग्रेस जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।उनीसहित समर्थक चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि जिल्ला कार्यसमितिले कारबाही गरेको हो ।

nijgadh-supermart-adz1200-630