skip this

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । आज पनि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्ने भएको छ ।शनिबारबाट सुरु भएको समाजवादीको स्थायी कमिटी बैठक आज पनि ११ बजे बस्ने भएको हो ।केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा आज केही नेताहरुले आफ्नो धारणा राख्ने जनाइएको छ ।

शनिबारको बैठकमा १८ जना नेताले धारणा राखिसकेका छन् ।बैठकमा पार्टी सरकरामा जाने वा नजाने, वामपन्थी एकताका सम्बन्धका साथै पार्टीको आगामी रणनीति तथा सङ्गठन निर्माणका विषयमा छलफल भइरहेको बताइएको छ ।शनिबारको बैठकमा धारणा राख्ने केही नेताले प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्नुपर्ने र केहीले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए ।

nijgadh-supermart-adz1200-630