विचरा गठबन्धनले सरकार बनाउन साथी खोजिरहेको छ–अध्यक्ष ओली
वि.सं.२०७९ पुस ३ आइतवार १२:५०

काठमाडौं। जनतालाई सचेत गराउन नसक्नु आफ्नो कमजोरी रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको जिकिर गरेका छन् । गणेशकुमार जिसीद्वारा लिखित पुस्तक ‘अरनिको एसिया एक प्रस्तावना’ को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा यस्तो बताएका हुन ।
उनले चुनावको परिणाम हेर्दा अनेकअनेक झालझेल भएको बताएका छन् । जनता सचेत बनाउन नसक्दा सरकार बन्ने पक्रियाका लागि मान्छेहरू कुदाकुद गरेको पनि ओलीको भनाइ थियो । ‘विचरा गठबन्धनले सरकार बनाउन साथी खोजिरहेको छ । अझ ठूलो गठबन्धन बनाउन खोज्दै छ । बनिहाले पनि सरकार कसरी बनाउला? अहिले पोलिटिकल भाउ महँगो भएको छ । अहिले अवस्था जटिल थप जटिल देखिएको छ,’ उनले भने ।
वि.सं.२०७९ पुस ३ आइतवार १२:५०

















